आदरणीय सदस्यज्यूहरु,
रौतहट जिल्लाको समग्र विकास र समुदायमा रहेको स्रोत, साधन तथा बौद्धिक क्षमतालाई सही दिशा दिने उद्देश्यले २०६५ सालमा संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो। स्थापना कालदेखि नै सहकार्य, सहमति र एकताको भावना बोकी अघि बढेको हाम्रो संस्थाले आज ४०६४ शेयर सदस्यहरुको विश्वास जित्न सफल भएको छ। संस्थाले आधुनिक प्रविधिको प्रयोग गर्दै एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, रेमिट्यान्स, ट्याब बैंकिङ लगायतका सेवा विस्तार गरी जिल्लामै उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको छ। हाम्रो ध्येय सहकारी सिद्धान्तमा रही सम्पूर्ण वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै सदस्यहरुलाई उद्यमशील बनाई जीवनस्तर उकास्नु हो। हामीले “गुणस्तरिय, सुशासनयुक्त तथा दिगो वित्तीय सहकारी संस्था” को परिकल्पना लिएका छौँ। त्यसअनुसार, वार्षिक योजनामा नियमित बचत संस्कार, उत्पादनमूलक र सिपमूलक क्षेत्रमा लगानी, सहज ऋण सुविधा, सदस्यता विस्तार, शैक्षिक तथा प्रविधि साक्षरता कार्यक्रम, संस्थागत क्षमता विकास र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य तय गरेका छौँ। अन्त्यमा, यो सफलता हाम्रा संस्थापक, संचालक समिति, कर्मचारी, सदस्य तथा हितधारक सबैको निरन्तर परिश्रम र योगदानले सम्भव भएको हो। आगामी दिनमा पनि सहकार्य, पारदर्शिता र सदस्य–केन्द्रित सेवाको माध्यमबाट संस्थालाई अझै बलियो बनाउने हाम्रो प्रतिबद्धता रहेको छ। धन्यवाद।
गणेश पौडेल
अध्यक्ष